मणि उजेशद्वारा एवार्ड वितरण कार्यक्रम सम्पन्न

by समतल अनलाइन

बुटवल । लायन्स क्लव अफ बुटवल मणि उजेशले लायन्स वर्ष सन् २०२१/२२ मा क्लवलाई सहयोग गर्ने संघसंस्था तथा प्रतिनिधीलाई सम्मान तथा एवार्ड वितरण कार्यक्रम गरेको छ । अघिल्लो वर्षभरी सहयोग गर्ने र विभिन्न सामाजिक क्रियाकलापमा सहयोग गर्ने संघसंस्थाका प्रतिनिधी तथा क्लवका सदस्यहरुलाई मणि उजेशले सम्मान तथा एवार्ड वितरण गरेको हो ।

वर्ष २०२२/२३ का अध्यक्ष डाक्टर शान्ता शर्माको अध्यक्षता तथा लायन्स इन्टरनेशन ३२५ पीका डिष्ट्रिक गर्भनर नवराज न्यौपानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वर्ष २०२१/२२ का अध्यक्ष ईन्जीनियर प्रविना घिमिरेले एक वर्षभरी क्लवले आयोजना गरेका सामाजिक क्रियाकलापमा आर्थिक तथा बैचारीक सहयोग गर्ने संघसंस्थाका प्रतिनिधी तथा लायन्स क्लवका प्रतिनिधीहरुलाई सम्मानपत्र तथा पुरस्कार वितरण गर्नु भएको हो ।

वर्ष २०२२/२३ का पुष्पा कंडेलको संचालन तथा उपाध्यक्ष सृजना श्रेष्ठको संचालनमा भएको कार्यक्रममा लायन्सका एमजेएफ अरुण प्रताप राणा, फष्ट भिडिजी अर्जुनमान शैजु, सेकेण्ड भिडिजी पुरुषोत्तम प्रधानाङ्ग, पिडीजी सुनिल वझा, क्याविनेट सेक्रेटरी सन्दीप कसौधन, एरिया चिफ माधव खनाल,मणि उजेशका पुर्व अध्यक्ष सृष्टि गुरुङ्ग, नेहा अग्रवाल, सोनाली गुरुङ्ग, लगायतले सम्मान तथा पुरस्कृत प्राप्त गर्नेलाई बधाई दिनुहुदै सामाजिक कार्यमा सक्रिय रहन आग्रह गर्नु भएको थियो । क्लवले सोही अवसर पारेर क्लवका सदस्यहरुमा तीज मिलन कार्यक्रम समेत गरेको छ ।

क्लवका महिला सदस्यहरु सलग्न कार्यक्रममा तीजको शुभकामना आदानप्रदान गरेर तीज फेलोसीव कार्यक्रम गरिएको क्लवका उपाध्यक्ष रितु गुरुङ्गले जानकारी दिनुभयो ।

 
 
  
 

You may also like