डीआईजी मीराको सक्रियता : उपत्यकामा एकैदिन ३४ सय ३१ जना सवारी चालकमाथि कारवाही

by समतल अनलाइन

काठमाडौं ।उपत्यका ट्राफिक प्रहरी कार्यालय अहिले सक्रिय बनेको छ । काठमाडौं उपत्यका ट्राफिक कार्यालयको नेतृत्वमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) मीरा चौधरी पुगे सँगै ट्राफिक प्रहरी सृजनशिल र सक्रिय बनेको छ ।

ट्राफिक प्रहरीले विहिबार मात्रै काठमाडौं उपत्यकामा एकैदिन ३ हजार ४३१ जना सवारी चालकमाथि कारवाही गरेको छ ।

ट्राफिक नियम उल्लंघन गरेका कारण उपत्यकाको विभिन्न स्थानमा बिहीबार उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १८७, लेन अनुशासन पालना नगर्ने १०३, रेड लाइटमा सवारी साधन चलाउने ७५, निषेधित क्षेत्रमा हर्न बजाउने २९१ र राम्रोसँग नम्वर प्लेट नराख्ने ३१ जना सवारी चालक रहेका छन् ।

यस्तै, २ हजार ७४४ जना सवारी चालकलाई अन्य कारवाही गरिएको कार्यालयले जनाएको छ ।

 

 
 
  
 

You may also like