बालेनको स्टाटस : अवैध संरचनामा डोजर लगाएर मैले के बिराएँ ?

by समतल अनलाइन

काठमाडौं । काठमाडौं महानगरपालिकाले बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्सको अनाधिकृत संरचनामा बिहीबार डोजर चलाएको छ । आज बिहानै मेयर बालेन्द्र साह (बालेन) अल्फाबिटामा अनुमतिबेगर बनाइएको संरचना हटाउन पुगेका थिए ।
अल्फाबिटाले नक्सामा पार्किङ भनेर उल्लेख गरेको बेसमेन्टमा अनाधिकृत संरचना बनाएर फार्मेसी सञ्चालन गरिरहेको थियो ।

डोजर चलाउन निर्देशन दिएपछि बालेनले फेसबुकमा अल्फाबिटाका मालिकले भवनको नक्सा आफूसँगै मागेपछि अफिसमा गएर नक्सा र डोजर लिएर आएको बताएका छन् ।

‘मैले अफिस गएर नक्सा र डोजर लिएर गएँ । मैले के बिराएँ ? नक्सा जसरी पास भएको छ, त्यहीअनुसार बनाई दिनुहोला,’ उनले भनेका छन् । अब उप्रान्त यस्तो गर्नु नपर्नेगरी सबैले आफैं बुझेर अवैधरूपमा बनाइएका संरचना हटाइदिन बालेनले आग्रह गरेका छन् ।

 
 
  
 

You may also like