एमाले पोलिटब्युरो बैठक आज बस्दै

by समतल अनलाइन

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को पोलिटब्युरो बैठक आज (बिहीबार) बस्दै छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्ने छ ।

मंगलबार बसेको पार्टीको स्थायी कमिटीको बैठकले आजका लागि पोलिटब्युरो बैठक बोलाएको थियो । पोलिटब्युरो बैठकले केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्नेछ । केन्द्रीय कमिटीको बैठक भदौ १० र ११ गते बस्ने एमालेले निर्णय गरिसकेको छ । १२ गते पार्टीको निर्वाचन परिचालन कमिटीको बैठक बस्नेछ ।

 
 
  
 

You may also like