र्‍यापर भिटेनलाई बाबुको जमानीमा तिहार मान्न छाडियो

by समतल अनलाइन

ललितपुर । र्‍यापर भिटेनलाई तिहार मान्न दिनेगरी प्रहरीले रिहा गरेको छ । तर, उनी भाइटीकाको भोलिपल्ट प्रहरीमा हाजिर हुनुपर्नेछ ।

सार्वजनिक हित तथा नैतिकताविरुद्धको अपराधमा महानगरीय प्रहरी परिसरले भिटेनलाई पक्राउ गरेको थियो । समिर लामा घिरिङ वास्तविक नाम भएका भिटेनको गीत विवादमा परेको थियो । हामी यस्तै त हो नि ब्रो बोलको गीतमा अश्लील शब्द प्रयोग गर्नुका साथै लागूपद्धार्थ खान उक्याएको आरोप छ ।

भिटेनले प्रहरीको बर्दी लगाएर गलत गतिविधि गरेको र गाँजा समेत खाएको दृश्य राखेका छन् । गीतमा अश्लील शब्द समेत छ । भिटेनमाथिको अनुसन्धान जारी नै रहेको छ । उनलाई बाबुको जमानीमा रिहा गरिएको ललितपुर प्रहरीले जनाएको छ ।

पछिल्लो समय गीतहरुमा अश्लील शब्द र गलत काममा प्रोत्साहित गर्ने गतिविधि समावेश छन् । यसलाई निरुत्साहित गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएको बुझिएको छ । सरकारका प्रवक्ता गोकुल बास्कोटाले अश्लील गीत गाउने र युट्युवमा राख्नेहरु पक्राउको बचाउ गर्दै परिवारसँग बसेर गीत सुन्न र हेर्न सक्नुहुन्छ भनी प्रश्न गरेका थिए ।

 
 
  
 

You may also like