मणिउजेशद्वारा बुटवलमा नेतृत्व विकास तथा शैक्षिक कार्यक्रम

by समतल अनलाइन

बुटवल। लायन्स क्लव अफ बुटवल मणि उजेशले युवाहरुको नेतृत्व तथा ब्यक्तित्व विकासका लागि बुटवलमा एक दिने लिडरसीप डेभलपमेन्ट ट्रेनिङ्ग एण्ड एजुकेशनल प्रोग्राम गरेको छ । लायन्स र नन लायन्स क्लवहरुका प्रतिनिधीहरुका लागि दिईएको एक दिने कार्यक्रममा गरेको हो ।

लायन्स क्लव चौतारी, लायन्स क्लव सिद्धार्थ, लायन्स क्लव संसार र लायन्स क्लव फ्लोरेन्ससँगको सहकार्यमा मणि उजेशले कार्यक्रम गरेको हो । कार्यक्रममा डिटीएम पंकज प्रधानाङ्ग र डाक्टर जयराज शर्माले सहजिकरण गर्नु भएको कार्यक्रममा नेतृत्वमा हुनुपर्ने गुण, नेतृत्वको कार्य कौशलता, सीप र ज्ञानका बारेमा जानकारी दिइएको थियो ।

लायन्स क्लव अफ बुटवल मणिउजेश २२÷२३ का अध्यक्ष डाक्टर शान्ता शर्माको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स ईन्टरनेशनका गभर्नर नवराज न्यौपाने, पुर्व गर्भनर अर्जुनमान शैजु, महेन्द्र नारायण श्रेष्ठ, मणि उजेशका उपाध्यक्ष सृजना श्रेष्ठ, सुपर्ना वर्नवाल लगायतले सिकाई जीवनभर चल्ने भएकाले नेतृत्व विकास र क्षमता विकासका अभ्यासहरु निरन्तर चलिरहनु पर्ने बताउनुभयो ।

क्लवका सचिव पुष्पा कंडेल र आविश्कार पराजुलीको संयुक्त संचालनमा भएको कार्यक्रममा मणि उजेशका संस्थापक अध्यक्ष सृष्टि गुरुङ्ग, टोस्टमास्टर्स स्नेहलता राउत, विराज प्रधान, खेमेन्द्र रानाले समुहगत रुपमा छलफल गर्नु भएको थियो । कार्यक्रममा विभिन्न सामाजिक तथा शैक्षिक संस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको क्लवका उपाध्यक्ष रितु गुरुङ्गले जानकारी दिनुभयो ।

 
 
  
 

You may also like