बुटवल ।  विश्वविद्यालय अनुदान आयोगबाट दोश्रोपटक क्यू.ए.ए. प्राप्त लुम्बिनी वाणिज्य क्याम्पसमा “व्यवसायीक अनुसन्धान तथा नमुना निर्माणका मिश्रित विधिहरु” विषयक एक दिवसीय कार्यशाला गोष्ठी  शनिबार सम्पन्न भएको छ ।
लुम्बिनी वाणिज्य क्याम्पस अनुसन्धान तथा विकास विभागको संयोजनमा भएको गोष्ठीमा त्रिभुवन विश्वविद्यालय, योजना निर्देशनालयका निर्देशक प्रा.डा. ध्रुबकुमार गौतम श्रोत व्यक्तिको रूपमा रहनुभएको थियो ।
लुम्बिनी वाणिज्य क्याम्पस अनुसन्धान तथा विकास विभाग प्रमुख सहप्राध्यापक राजेन्द्र लम्सालको अध्यक्षता, आइ.क्यू.ए.सी. संयोजक पुनाराम घिमिरेको संचालन रहेको गोष्ठीको उद्घाटन सत्रमा क्याम्पस प्रमुख प्रा.डा. ताराप्रसाद उपाध्यायले गोष्ठीको उद्देश्य र औचित्यतामाथि प्रष्ट पार्नुभएको थियो भने सहायक क्याम्पस प्रमुख सहप्राध्यापक विष्णु जोशीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
लुम्बिनी वाणिज्य क्याम्पसमा प्राध्यापनरत ३२ जना प्राध्यापकहरुको सहभागिता रहेको गोष्ठीमा श्रोत व्यक्ति प्रा.डा. गौतमले अनुसन्धानका विधि प्रक्रिया र वर्तमान विश्वमा अनुसन्धान पद्धतिमा थपिएका नयाँ आयामहरुको बारेमा सामाग्रीहरु प्रस्तुत गर्नुभएको थियो साथै उहाँले वर्तमान समयमा अनुसन्धानले नै कुनै पनि शैक्षिक संस्थाको गुणस्तरमा वृद्धि गर्ने भएकाले प्राध्यापकहरु अनिवार्य रूपमा अनुसन्धानमूखी भएर पठनपाठनमा लाग्नुपर्ने विचार पनि ब्यक्त गर्नुभएको थियो ।
			202
			
		
		
			
            
				            
			
			        
    
                        previous post
                    
                    
                        
			        

												
														
