वडा सदस्यको वडा बनाउने आकाँक्षा

by समतल अनलाइन
Shares

बुटवल । आगामी ३० गते हुने स्थानीय तहको चुनावमा युवाहरुले विभिन्न स्थानीय तहमा उम्मेदवारी दिएका छन । त्यसैक्रममा १८ बर्ष ईन्डियन आर्मीमा बिताएका पुर्ख्याली घर गुल्मी भै हाल बुटवल -११ मा बसोबास गर्ने लक्ष्मण प्रसाद श्रेष्ठले राप्रपाबाट बुटवल -११ को वडा सदस्यमा उम्मेदवारी दिएका छन ।

२०७३ सालमा इण्डियन आर्मी अवकाश प्राप्त गरि राप्रपाको राजनीतिबाट प्रदेश गरेका लक्ष्मण विभिन्न सामाजिक संघ संस्थामा पनि उत्तिकै रुपमा सक्रिय रहेका छ्न । अहिले उनी राप्रपाको रुपन्देही क्षेत्र नम्बर २ को सचिव पनि हुन।

उनले भने स्थानिय स्तरमा विकास गर्नका लागि युवाको अत्यन्तै महत्वपूर्ण भुमिका रहने हुदा आफुले विभिन्न एजेन्डा प्रस्तुत गरेका छन ।

उनले प्रस्तुत गरेका आकाँक्षा तथा योजनाहरु वास्तविक सुकुम्बासी समस्याको ठोस समाधान गर्नको लागि विशेष पहल गर्ने , वडा ११ लाई भ्रष्टाचारमुक्त बनाउने, अभियानका साथ शिघ्र सफल बनाउने साथै सबै कार्यालयमा सिसिटिभिी जडान गर्ने ,कर तथा व्यवसाय दर्ता अनलाइन पद्धतिबाट व्यवस्था गर्ने , ७० वर्ष भन्दा माथिका वृद्ध–वृद्धालाई घर–घरमै स्वास्थ्य सेवा प्रदान गर्ने ,ज्येष्ठ नागरिकलाई निःशुल्क धार्मिक यात्राको व्यवस्था गर्ने ,सम्पूर्ण सार्वजनिक स्थलमा सिसिटभि जडान गर्ने र डिजिटल वडा बनाउने, बाढी नियन्त्रण र चूरे संरक्षणमा विशेष प्राथमिकताका साथ योजना कार्यान्वयन गर्नको लागि सरकार संग विशेष पहल गर्ने।
,बुटवल -११ लाई ब्यापरिक हब बनाउने र रात्रिकालिन ब्यापारमा जोड साथै ब्यापारीक सुरक्षाको लागि पहल गर्ने, जन्म दर्ता प्रमाण पत्र र मृत्यु प्रमाण पत्र निःशुल्क तथा घरमै पुर्याउने रहेको छ।

त्यसैगरी सामुदायिक विद्यालयमा कक्षा १२ सम्म निःशुल्क शिक्षा ,युवाहरुलाई सीपमूलक तालिम र रोजगार सिर्जना गरी स्थानीय स्तरमै व्यवस्थापन गर्ने ,सुत्केरी महिलालाई मासिक ३ हजारका दरले ३ महिनासम्म भत्ता प्रदान गर्ने, आदि ,हाम्रो वडामा अवस्थित रंगशाला लाई आधुनिक अन्तरास्ट्रिय स्तरको बनाउन पहल गर्ने,वडामा युवा लक्ष्यित गरि निसुल्क ब्यायाम शाला बनाउन पहल गर्ने, वडामा युवा खेलकुदको लागि विशेष प्रोत्साहन गर्ने गरि ब्यावस्थित स्पोर्ट्स बनाउने आदि बनाउने मुख्य एजेन्डा रहेका छन ।

You may also like

This will close in 0 seconds