१६ औ मनमोहन स्मृति वडा स्तरिय रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिता २०७८

बुटवल। बुटवलमा जारी १६ औ मनमोहन स्मृति वडा स्तरिय रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिता २०७८ मा सेमीफाईनल खेल खेल्ने अन्तिम चार टिमको टुगो लागेको छ । बिहिबार भएको अन्तिम क्वाटरफाईनल खेलमा वडा नं. ८ ले वडा नं. १९ माथि १–० गोल अन्तरको जित निकालेको हो ।

बुटवल उपमहानगरपालिकाको सहयोग तथा राष्ट्रिय युवा संघ नेपाल उपमहानगरपालिकाको आयोजनामा भएको प्रतियोगितामा सिद्धेश्वर खेलमैदानमा भएको अन्तिम क्वाटरफाईनल खेलमा वडा नं ८ को जितमा मनोज गुरुङले खेलको १२ औ मिनेटमा एकमात्र गोल गरेका थिए ।

खेलमा वडा नं. १९ का सरोज गलामी म्यान अफ दी म्याचबाट पुरस्कृत भए । प्रतियोगिताको उपाधि विजेताले नगद ६० हजार रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमलाई नगद ३० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने अध्यक्ष सुदर्शन खाम्चाले बताए । युवाहरुलाई खेलमार्फत भातृत्व विकास गर्ने लक्ष्यसहित प्रतियोगिता आयोजना गरेको प्रचारप्रसार संयोजक गणेश बोहराले बताए ।

शुक्रबार पहिलो सेमीफाईनल खेल वडा नं. ११ र १७ का बिचमा हुने छ भने शनिबार दोस्रो सेमीफाईनलमा वडा नं ८ ले वडा नं ७ को सामना गर्ने उनले बताए ।

 
 
  
 

You may also like