भलवारी जेसीजद्वारा ट्राफिक प्रहरीलाई मास्क तथा स्यानिटाइजर

by समतल अनलाइन

बुटवल । भलवारी जेसीजले ट्राफिक प्रहरीलाई मास्क तथा स्यानिटाइजर वितरण गरेको छ । जेसीसले सोमबार लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलको कार्यालय परिसरमा एक कार्यक्रमको आयोजना गरि मास्क तथा स्यानिटाइजर वितरण गरेको हो ।

कार्यक्रममा बोल्दै भलवारी जेसीस वर्ष-२२ का अध्यक्ष किशोर पङगेनीले कोरोना सक्रमण र सडकको धुलोका कारण ट्राफिक प्रहरीको स्वास्थ जोखिममा रहेकाले नागरिकको सेवामा खटने प्रहरीहरुको स्वास्थलाई मध्यनजर गर्दै मास्क तथा स्यानिटाइजर वितरण गरिएको बताए । आइतबार भलवारीमा ट्राफिक सचेतना कार्यक्रम गर्दा ट्राफिक प्रहरीको समस्या देखेर जेसीसको आइतबार राती अकस्मात बैठक बसेर नेपाल बन्दको समेत प्रवाह नगरी सो कार्यक्रम गरिएको बताए । साथै अध्यक्ष पङगेनीले समाज रुपान्तरणका लागि प्रहरी लगायत सबै सरोकारवाला निकायलाई आवश्यक सहयोग गर्न तयार रहेको बताए ।

यस्तै लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख योगेन्द्र सिह थापाले जेसीसले ट्राफिक प्रहरीलाई मास्क तथा सेनिटाइजर प्रदान गरेकोमा धन्यवाद दिएका थिए । विभिन्न संघ सस्थाहरुले प्रदान गर्ने मास्क तथा स्यानिटाइजर आफुहरुले मात्रै प्रयोग नगरी सर्वसाधारण दिने गरेको बताए ।

कार्यक्रममा जेसीसका पुर्व अध्यक्ष मनोज आचार्य, रमेश पराजुली, सुरज पङगेनी, सुरेश न्यौपाने, जेसीसका सल्लाहकार, पदाधिकारी तथा सदस्यहरुको सहभागीता रहेको थियो । जेसीसका कार्यकारिणी उपाध्यक्ष प्रताप भण्डारीको संयोजकत्वमा भएको कार्यक्रमको संचालन भलवारी जेसीस वर्ष-२२ का महासचिव चन्द्रप्रसाद भट्टराई(जीवन)ले गरेका थिए।

 
 
  
 

You may also like