बनेपामा शंकास्पद वस्तु भेटिएपछि राजमार्ग अवरुद्ध, सेनाको बम डिस्पोजल टोली पुग्यो

by समतल अनलाइन

बनेपा । काभ्रेको बनेपास्थित अरनिको राजमार्ग पुल बजारमा शंकास्पद वस्तु फेला परेको छ । सोमबार बिहान राजमार्गमा शंकास्पद वस्तु फेला परेको हो ।

अहिले पुल बजारको सडक खण्ड बन्द गरिएको छ । नो एमसीसी लेखिएको शंकास्पद वस्तु भएको क्षेत्रलाई प्रहरीले सुरक्षा दिएको छ । नेपाली सेनाको कालिजङ गणको बम डिस्पोजल टोली अहिले घटनास्थलमा पुगेको छ । घटनास्थल आसपासका क्षेत्रमा सुरक्षा सतर्कता बढाउँदै सवारी आवागमन रोकिएको हो ।

 
 
  
 

You may also like