मधेशी आयोगद्वारा लुम्बिनी‌ प्रदेश प्रमुख समक्ष प्रतिवेदन पेस

by समतल अनलाइन

गुनाराम घिमिरे ,बुटवल ।मधेशी आयोगका माननिय सदस्यहरूले आज एक कार्यक्रमकाबीच लुम्बिनी प्रदेशका प्रदेश प्रमुख माननिय अमिक शेरचन समक्ष आफ्नो प्रगति प्रतिवेदन बुझाएका छन।
प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख माननीय अमिक शेरचन ले मधेशी आयोगले मधेशमा मात्र मधेशीभएको बुझ्नु हुदैन। मधेशीहरू देशका सबै ठाउँमा छन हिमाल पहाड तराई जताततै छरिएर बसोबास गरेको हुँदा मधेशी आयोगले ति सबैलाई समेटेर काम गर्नुपर्ने सुझाव दिदै, अहिलेसम्म मधेशी आयोगले मधेशमा मात्र काम गरेको अवस्था छ । त्यसलाई परिमार्जित गर्नु पर्ने अवस्था छ, देशका नागरिकलाई भौगोलिक हिसाबले नै अप्ठ्यारो परेको छ। मधेशी जनतालाई पहाडी र हिमालीले बिभेद गर्नु भन्दा पनि मधेशी जनतालाई मधेशीले नै बिभेद गरेको अवस्था छ। मधेशी समुदायमा बढ्दै गएको अन्ध विश्वासले यति धेरै जरो गाडेको छ ,ति अन्धविश्वासलाई चिर्ने काम सरकार र सरकार मातहतका बिभिन्न संघ संस्था हरूको भएको हुँदा यो महत्वका साथ गर्नुपर्ने बताउँदै मधेशी आयोगका प्रतिनिधि हरूलाई आग्रह समेत गर्नुभएको हो।

मधेशमा मुसहर लगायतका जातिहरू लाई बिभेदमा गरिएको छ त्यो अशिक्षाको कारण हो। मधेशी आयोग स्थापना भएको पनि धेरै भैसक्यो यस्ता मुद्दाहरू माथि आयोगले एकदमै जिम्मेवारीपूर्ण तरिकाले काम गर्न सुझाव दिदै नेपालमा दासत्व र वर्गीय अन्तरविरोध ले अझै जरा गाडेको हुँदा दासत्व कै कारणले देशमा नागरिकहरूले दुख पाएको अवस्था छ, सबै मिलेर यस्को अन्त्य गर्नु जरुरी छ। भन्दै प्रदेश प्रमुख अमिक शेरचन ले आफू नेपालका मुगु जिल्ला बाहेक सबै जिल्ला घुमेको हुँदा विभेदहरू हिमाल र पहाड को तुलनामा मधेशी समुदायमा धेरै भएको हुँदा यसमा ध्यान दिदै यि र यस्ता विषयवस्तु लाई केन्द्रमा राखेर काम गर्न को लागि आग्रह गर्नुभएको छ।
मधेशी आयोगका सदस्य माननीय विजय गुप्ता र माननिय रेणु देवि शाह ले लुम्बिनी प्रदेश कार्यालयमा एक औपचारिक कार्यक्रम गरी लुम्बिनीमा प्रदेश प्रमुख अमिक शेरचन लाई आयोगको वार्षिक प्रतिवेदन पेस गरेका छन्। मधेशी आयोगका प्रतिनिधि रेणु देवि शाहका अनुसार नेपालको संबिधानले बिभिन्न राष्ट्रिय रुपमा संबैधानिक आयोगहरूको अवस्था अनुसार व्यवस्था ‌सोही अनुसार प्रतिवेदन पेश गरेको बताइन।
त्यस मध्ये मधेसी आयोग संविधानको धारा २६२ अनुसार स्थापित भै मधेसी जनताको हक अधिकार को लागि निरन्तर रूपमा काम गर्दै आएको मा । मधेश हुने कुरुति अन्धविश्वास देखि महिला हिंसाविरुद्ध काम गर्दै मधेशी जनताको उत्थानको लागि काम गर्दै मधेशी माथि हुने बिभेद पूर्ण कार्य र मधेसी समुदायमा फैलिएको कम्लरी पर्था देखि हरेक किसिमका विभेद विरुद्ध आयोगले काम गर्दै आएको बताइन वर्षेनी सयौं महिला ले बाल विवाह दाईजो र बोक्सीको कारण ज्यान गुमाउनु पर्ने अवस्था त्यो समस्यालाई राखेर महिला हिंसाविरुद्ध आयोगले देशका पाँचै प्रेदशका २२ ओटा जिल्लामा काम गर्दै आएको उनले प्रतिवेदन पेश गर्ने क्रममा बताइन।
त्यस्तै प्रतिवेदनमा पेश गर्ने क्रममा विजय गुप्ता मधेसी आयोगले मधेशमा बढ्दै गएको बिभेद र अन्धविश्वास र अशिक्षाले गर्दा मधेसी जनताको अवस्था बिग्रिँदै गएको अवस्था लाई माथि उठाउनको निमित्त निरन्तर काम गर्दै आएको छ। मधेशी जनताको हकअधिकार सुनिश्चित गर्ने क्रममा आयोग लागिरहेको छ चाहे शिक्षाको होस या स्वास्थ्य एवंम नागरिकता को सवालमा होस आयोगले अहोरात्र खटिएर कटिबद्ध भएर लागेको। माननीय विजय गुप्ता ले जनाएका थिए।
कार्यक्रममा प्रदेश प्रमुखका कार्यालय सचिव चिरन्जीवी पौडेल सचिवालय कर्मचारीहरु तथा पत्रकार लगायत विभिन्न व्यक्तिहरूको उपस्थिति रहेको थियो।

 
 
  
 

You may also like