सैनामैना ७ मा बिपन्न परिवारलाइ जस्तापाता बितरण

by समतल अनलाइन

बुटवल । रुपन्देहीको सैनामैना नगरपालीका वडा नम्बर ७ मा रहेका बिपन्न परिवारहरुलाइ जस्तापाता बितरण गरिएको छ । वडा कार्यालयमा सोमबार एक कार्यक्रमको आयोजना गरी २१ घरपरिवारलाइ जस्तापाता बितरण गरिएको हो । ७ का अध्यक्ष डिलाराम बेल्बासेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथी नगरप्रमुख चित्रबहादुर कार्कीले वडामा जनतालाइ आर्कषीत गर्ने कामहरु भैरहेको भन्दै जनता आवासमार्फत बिभिन्न योजनाहरु सन्चालन हुदा नागरीकहरुमा उत्साह पैदा भएको बताए । उनले बिपतमा र दुखमा परेका नागरीकहरुलाइ नगरपालीकाले सदैब सहयोग गर्दै आएको र नगरभित्र सन्चालन भएका ठुला ठुला आयोजनाबाट नगरबासीमा उत्साह पैदा भएको बताए । कार्यक्रममा नेकपा एमालेका वडा इन्चार्ज ठाकुरप्रसाद पाण्डे,, नेपाली काग्रेसका उपसभापती शिबराज पोख्रेल, माओबादीका वडा संयोजक उमाकान्त घिमिरे लगायतले बोल्दै वडाको बिकासमा सबैले हातेमालो गर्दै जनताप्रती उत्तरदायीत्व र जवाफदेही बनिरहनुपर्नेमा जोड दिएका थिए । जस्तापाताको सहि प्रयोग गर्न आग्रह गर्दै वडाको अन्य बिकास निर्माणमा समेत ध्यान दिन आग्रह गरेका थिए । वडा अध्यक्ष बेल्बासेले प्राबिधिक जाचको आधारमा बितरण गरिएको भन्दै १ महिनाभित्रघर निर्माण गर्न आग्रह गरेका थिए । वडा सचिब राजन पन्थिको सन्चालनम सम्पन्न भएको कार्यक्रममा वडाका अन्य प्रतीनिधीहरुको समेत सहभागीता रहेको थियो ।

 
 
  
 

You may also like