विश्वकप छनौट : नेपाल ११ः४५ बजे फिलिपिन्ससँग खेल्दै

by समतल अनलाइन

काठमाडौं । आईसीसी पुरुष टी-२० विश्वकप अन्तर्गतको ग्लोबल छनोट ‘ए’ को दोस्रो खेल आज (शनिबार) नेपाल र फिलिपिन्सबीच बिहान ११ः४५ बजेदेखि शुरु हुने भएको छ ।

ओमानको अल अमेरात क्रिकेट मैदानमा नेपालले फिलिपिन्सको सामना गर्नेछ । समूह ‘ए’ मा रहेको नेपाल फिलिपिन्सलाई हराउँदै लगातार दोस्रो जितको खोजीमा हुनेछ भने फिलिपिन्स पहिलो जितको खोजीमा हुनेछ ।

नेपालले शुक्रबार भएको पहिलो खेलमा ओमानलाई ३९ रनले हराएको थियो । नेपाल २ अंक जोडेर तालिकाको दोस्रो स्थानमा रहेको छ । नेपाल र फिलिपिन्स एक आपसमा पहिलो पटक भिड्न लागेको हुन् । शुक्रबार भएको पहिलो खेलमा फिलिपिन्स क्यानडासँग पराजित भएको थियो । यस्तै नेपालले तेस्रो खेल फेब्रुअरी २१ मा क्यानाडाविरुद्ध खेल्ने छ।

 
 
  
 

You may also like