गौतम बुद्ध अन्तराष्ट्रिय बिमानस्थलको क्यालिब्रेशन फ्लाईटले नियमित उडान प्रभावित गर्ने

by समतल अनलाइन

भैरहवा । भैरहवा स्थित गौतम बुद्ध अन्तराष्ट्रिय बिमानस्थलको उडान तालिका केही दिनको लागी प्रभावित हुने भएको छ । फागुन ६ गते देखी १५ गते सम्म बिमानस्थलबाट ४ बजे पछि मात्र उडान हुने भएको छ ।

गौतम बुद्ध अन्तराष्ट्रिय बिमानस्थलका महाप्रवन्धक गोविन्द प्रसाद दहालका अनुसार ६ गते देखी क्यालिब्रेशन फ्लाईट हुने भएकोले नियमित रुपमा हुने आन्तरिक उडान ४ बजे पछि मात्र हुने भएको हो । “क्यलिब्रेशन फ्लाईट ६ गते देखी १५ गते सम्म हुने भएको छ, त्यसैको लागी नियमित उडान प्रभावित हुने भएको छ ।” दहालले भने “क्यालिब्रेशनको फ्लाईटको लागी मौषम सफा चाहिन्छ, त्यसैले ४ बजे सम्म नियमित उडान रोकेका हौ, बिमानस्थल नै बन्द भएको हैन ।”

भैरहवाबाट आन्तरिक तर्फ काठमाण्डौं, पोखरा र भरतपुरका लागी नियमित उडान हुने गरेको छ । दैनिक रुपमा अहिले २५ वटा सम्म हुने उडान क्यालिब्रेशन फ्लाईटको समयमा प्रभावित हुने भएका छन् ।

 
 
  
 

You may also like