मिसाइल परीक्षण गर्दा आफूले घृणा गर्ने एक रहस्यमयी ढुङ्गालाई टार्गेट गर्छन् किम

by समतल अनलाइन

प्योङयाङ । पछिल्ला केही महिना उत्तर कोरियाली प्रमुख किम जोङ उनले लगातार ठुल्ठुला मिसाइलहरु परीक्षण गरिरहेका छन् । र ती सबै परीक्षणमा एउटै ठाउँलाई मात्र लक्षित गरिएको छ ।

उत्तर कोरियाली तटबाट १८ किलोमिटर टाढा रहेको अल्सोम टापुमा एउटा रहस्यमयी ढुङ्गाको संरचना छ । खबरका अनुसार उक्त संरचनालाई दक्षिण कोरियाको राजधानी सिओलसँग दाँज्ने गरिन्छ । यसको नाम ‘नो म्यान्स ल्यान्ड’ रहेको छ जहाँ मान्छेको कुनै निशान छैन । यसरी ढुङ्गाहरुको थुप्रो मात्र रहेको ‘नो म्यान्स ल्यान्ड’ उत्तर कोरियाली क्षेप्यास्त्र प्रक्षेपणबाट सबैभन्दा बढी प्रभावित बनेको छ ।

सो भूभागलाई २०१९ देखि २५ वटा मिसाइल हमलाको टार्गेट बनाइसकिएको छ । जनवरीमा मात्र त्यहाँ आठ वटा रकेट हमला गरिएको थियो ।
यी सबै परीक्षणहरु दक्षिण कोरिायली सेनाले पनि नजिकबाट अवलोकन गरिरहेको छ । दक्षिणकोरिायली संसद युन जुक्यङका अनुसार उक्त टापुको चट्टाने संरचनालाई सिओलको सरकारी भवनको प्रतिरुप मानेर प्रयोग गरिएको हुन सक्छ ।

यति धेरै मिसाइल र रकेट एकै ठाउँमा मात्र लक्षित गर्नुले अल्सोम टापुलाई उत्तर कोरियाको सबैभन्दा घृणा गरिएको ढुङ्गाको नाम दिलाएको छ र यसमा किमले धेरै रिस् अनि इख राखेर त्यसमाथि प्रहार गरिरहेका बारेमा पनि विज्ञहरुले चर्चा गरिरहेका छन् ।
जस्तै हतियार विद् जोसेफ डेम्पसीका अनुसार सो टापुले उत्तर कोरियालाई छोटो रेन्जका हतियार प्रणाली परीक्षण गर्न नयाँ उपयोगी भूमी प्रदान गरेको छ । तुलनात्मक रुपमा सानो र निश्चित टार्गेटले हतियार प्रणालीको सटिकता मूल्यांकन गर्न मद्दत गर्ने पनि उनले बताए ।

केही हप्ता अगाडि किमले हानेको रकेटले अल्सोमका चट्टानहरुमा सफलतापूर्वक ठक्कर पनि दिएको छ । सो मिसाइल ३ हजार किलोमिटर प्रति घण्टाको रफ्तारमा ढुङ्गासँग ठोकिएको थियो । त्यस्तै लामो रेन्जका मिसाइललाई पनि आफूले चाहे अनुसारको पथमा लक्षित ठाउँमा हमला गर्न सक्षम रहेको बताइएको थियो । उत्तर कोरियाले यसका केही तस्बिरहरु नै सार्वजनिक गरेको छ । उत्तर कोरियाको राष्ट्रिय संचारले कथानक रुपमा किमको टाउको माथिबाट रकेट उडिरहेको ड्रोन शट समेत सार्वजानिक गरेको छ जसलाई प्रोपागान्डाको नयाँ तरिका भनेर व्याख्या गरिएको छ ।

त्यसरी विभिन्न स्थलबाट एउटै टार्गेटलाई निरन्तर लक्षित गरिरहनुले उत्तर कोरियाको हमला गर्ने क्षमतामा पक्कै पनि सुधार ल्याउन सक्ने विज्ञहरुले बताएका छन् । प्योङयोङले आफ्नो प्रहार गर्ने विकल्पहरुले वास्तविकतामा कत्तिको काम गरिरहेका छन् भनेर यस मार्फत राम्ररी परीक्षण गर्न सक्छ । यसैले पनि घृणित टापु वास्तवमा उपयोगी साबित भइरहेको देखिन्छ । साउथ चाइना मर्निङ पोस्टबाट

 
 
  
 

You may also like