सहकारीको २२ करोड ६४ लाख ठगीमा संलग्न लेखा समिति संयोजक पक्राउ

by समतल अनलाइन

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साइनिङ स्टार सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेड ठगी मुद्दाका प्रतिवादी लेखा समितिका संयोजक पञ्चमान महर्जन पक्राउ परेका छन् ।

उनीलगायतका पदाधिकारीमाथि सहकारीमा जम्मा गरेको निक्षेप रकम २२ करोड ६४ लाख ९४ हजार चार सय ७८ रुपैयाँ जाहेरवालाहरुलाई फिर्ता नदिई सो संस्थाका पदाधिकारीहरु र सञ्चालकहरुलाई आर्थिक लाभ हुने गरी तोकिएको प्रयोजन बाहेकको ब्यापारिक कारोबार र आफन्तका नाममा जग्गा खरिद गरी ठगी गरेको आरोप लागेको थियो ।

उक्त मुद्दामा संस्थाका लेखा समिति संयोजक रहेका महर्जन समेतले ऋण प्रवाह तथा असुली गर्दा त्रुटी गरेकोले ठगीमा संलग्न भएको ठहर गर्दै काठमाडौं जिल्ला अदालतले गत २०७३ असार १९ मा प्रतिवादी महर्जनलाई ६ महिना कैद र ३५ लाख ६८ हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट परिचालित टोलीले उनलाई बिहीबार काठमाडौंको स्वयम्भूबाट पक्राउ गरिएको जनाएको छ । उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ ।

 

 
 
  
 

You may also like