भारतमा थपिए एकै दिन थपिए एक लाख ७२ हजार नयाँ संक्रमित, हजार बढीको मृत्यु

by समतल अनलाइन

नयाँदिल्ली । भारतमा पछिल्लो २४ घण्टामा कोभिड-१९ का एक लाख ७२ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार अघिल्लो २४ घण्टाको तुलनामा नयाँ संक्रमितको संख्या ६.८ प्रतिशतले बढेको हो । पछिल्लो २४ घण्टामा कोरोनाको संक्रमणदर पनि १०.९९ प्रतिशत देखिएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा कोभिड-१९ को संक्रमणको कारण एक हजार ८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा २ लाख ५९ हजारभन्दा धेरै संक्रमित निको भएका छन् । यससँगै भारतमा सक्रिय संक्रमितको संख्या पनि १५ लाख ३३ हजारमा झरेको छ ।

 
 
  
 

You may also like