गण्डकीबाट राष्ट्रियसभामा गठबन्धनका तीनै उम्मेदवार विजयी

by समतल अनलाइन

काठमाडौं। गण्डकी प्रदेशमा भएको राष्ट्रियसभा निर्वाचनमा पाँच दलीय गठबन्धनका तीनै उम्मेदवार विजयी भएका छन्।पोखरामा भएको निर्वाचनमा गठबन्धनबाट महिलातर्फ कमला पन्त, दलितमा भुवनबहादुर सुनार र अन्यमा सुरेश आले मगर विजयी विजयी भए।

महिलातर्फ पन्त ३ हजार ८४ मतभारसहित विजयी भइन्। उनकी निकटतम् प्रतिद्वन्द्वी एमालेकी लीला पोखरेल थनेतले २ हजार ७ सय २४ मतभार ल्याइन्।

दलिततर्फ भुवनबहादुर सुनार ३ हजार ४८ मतभारसहित विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका अर्जुन कुमार सुनामले २ हजार ७ सय २४ मतभार प्राप्त गरेका छन्।

अन्यतर्फ माओवादीका सुरेश कुमार आले मगरले ३ हजार ९६ मतभार ल्याए। पराजित एमालेका पुण्यप्रसाद पौडेलले २ हजार ६ सय ९४ मतभार ल्याए।

 
 
  
 

You may also like