कांग्रेसले गर्यो बुटवलका मुख्य समस्याहरुमा छलफल

by समतल अनलाइन

बुटवल । बुटवलका मुख्य मुख्य समस्या र ती समस्या कसरी समाधान गर्न सकिन्छ भन्न विषयमा नेपाली काँग्रेसले छलफल गरेको छ ।
नेपाली काँग्रेस बुटवल उपमहानगर समितिको बैठकमा बुटवलमा रहेको सुकुम्बासी तथा अव्यवस्थित समस्या, ज्योतिनगर पहिरो व्यवस्थापन, तिनाउ–दानव कोरिडोर, चौराहा–चिडियाखोला सडक, मोतिपुर औद्योगिक क्षेत्र, बेलवास–वेथरी सडक र बुटवलको कालिकापथ सडक लगायतका विषयमा छलफल भएको नेपाली काँग्रेस बुटवल नगर समितिका सभापति खेलराज पाण्डेयले जानकारी दिनुभयो ।
निर्माणको चरणमा रहेका यी पूर्वाधार बुटवल बिकासका आधार भएपनि यसले मानिसका दैनिकी र घरबासमा समेत समस्या सिर्जना गरेकाले ती समस्यालाई कसरी समाधान गरेर बिकासका काम अगाडी बढाउन सकिन्छ ?, त्यसमा पार्टीको भूमिका के हुनसक्छ ?, यी समस्यालाई व्यबहारिक रुपमा कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको हो ।

नगर सभापति खेलराज पाण्डेयको सभापतित्वमा भएको छलफलमा नेपाली काँग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँण, काँग्रेस नेता भूमि आयोग रुपन्देहीका अध्यक्ष हरिबहादुर आचार्य, क्षेत्र नं. २ का सभापति हरि लम्साल, क्षेत्र नं. ३ का सभापति सुशिल गुरुङ, प्रदेश सभा क्षेत्रीय सभापतिहरु परशुराम ढकाल, खड्गबहादुर महत, घनश्याम चालिसे सहित वडा सभापतिहरुको सहभागिता रहेको थियो । कार्यक्रम सचिव छायाँ पोखरेलको सञ्चालनमा भएको थियो ।

सम्बन्धित

 
 
  
 

You may also like