कोरोना महामारी : गत हप्ता हरेक १२ सेकेण्डमा एकजना सङ्क्रमितको मृत्यु

by समतल अनलाइन
Shares

काठमाडौं। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का प्रमुख टेड्रोस अधानोम घेब्रेसियसले ओमिक्रोनलाई कोरोना महामारीको अन्तिम भेरियन्ट सम्झिनु खतरनाक हुनसक्ने बताएका छन् । संयुक्त राष्ट्रको हेल्थ एजेन्सी एक्जेक्युटिभ बोर्ड बैठकमा उनले सो कुरा बताएका हुन् ।

यद्यपि, उनले महामारीबाट बच्नका लागि व्यापकरुपमा उपायहरू अपनाए यो वर्षको अन्तिमसम्ममा यो अन्त्य पनि हुन सक्ने आशा व्यक्त गरेका छन् । उनले भविष्यमा यस्तो हालत रोक्नका लागि अहिलेको महामारीबाट पाठ सिक्न र नयाँ समाधान खोज्न जरुरी छ । यसका लागि हामीले महामारीको अन्त्यलाई पर्खन नहुने उनको जिकिर थियो । विश्व स्वास्थ्य संगठनका प्रमुखका अनुसार पछिल्लो हप्ताको तथ्याङ्कलाई ध्यान दिने हो भने हरेक तीन सेकेण्डमा १०० जना कोरोना संक्रमित बनेका छन् भने हरेक १२ सेकेण्डमा एक जनाले ज्यान गुमाएका छन् ।

डब्लूएचओले गरिब देशमा खोपको पहुँच बढाउन अपील पनि गरेको छ । जुन २०२२ सम्म सबै देशमा कम्तिमा ७० प्रतिशत जनसङ्ख्यालाई खोप लगाइसक्नुपर्ने संगठनले जनाएको छ । सन् २०२१ को अन्त्यसम्ममा डब्लूएचओका १९४ सदस्य देशमध्ये धेरैले आफ्नो ४० प्रतिशतभन्दा बढी नागरिकलाई खोप लगाइसकेका थिए । अफ्रिकामा भने ८५ प्रतिशत जनसङ्ख्याले खोपको एक मात्रा पनि पाएका छैनन् ।

You may also like