ओलीको कटाक्ष : अरूले तालिम र हतियार दिए त जनयुद्ध पनि हुने रै’छ

by समतल अनलाइन
Shares

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माओवादी जनयुद्धमाथि गम्भीर प्रश्न उठाएका छन् । नेपाल जनसांस्कृतिक महासंघको ३५औं स्थापना दिवसको कार्यक्रममा ओलीले जनयुद्धका विषयमा गम्भीर प्रश्न उठाएका हुन् ।

प्रचण्ड र आफ्ना आलोचक कम्युनिस्ट नेताहरूमाथि खनिएका ओलीले जनयुद्धमाथि प्रश्न उठाएका हुन् । ओलीले भने, ‘अरूले तालिम र हतियार पनि दियो भने त जनयुद्ध-सनयुद्ध पनि हुने रैछ’, ओलीले भने । ओलीले माक्सवादले ऐतिहासिक भौतिकवाद सिकाउने भन्दै अहिले कम्युनिस्ट भनिएकाहरू इतिहासको चेत नभएको दाबी गरेका थिए ।

प्रचण्डले ओलीलाई ‘वामपन्थी नभएर रामपन्थी’ भनी गरेको टिप्पणीप्रति आक्रोशित देखिएका उनले आलोचना त्यही विन्दुबाट सुरु गरेका थिए । ‘मैले ठोरीमा राम जन्मभूमि पर्छ भनेपछि केही मान्छेहरूलाई चिरचिराहट भएको छ’, ओलीले भने, ‘पहिले नेकपा हुँदा हामीसँगै भएर अहिले छुट्टिएका एकजनाले केपी ओली वामपन्थी होइन रामपन्थी हो भनेछन् ।’ ओलीले त्यस्तो टिप्पणी माक्सवाद नबुझेकाहरूले टिप्पणी गरेको बताए ।

‘हाम्रो सांस्कृतिक पृष्ठभूमिबाट आएको छैन भने त्यो हावा कम्युनिस्ट हो । हाम्रो पृष्ठभूमि नबुझी आएको कोही छ भने त्यसबाट कुनै पनि अपेक्षागर्न सकिँदैन’, ओलीले भने, ‘माक्सवाद भनेको सुन्ने गरिएका र भन्ने गरिएका कुराहरूको पुनरावृत्ति होइन । माक्सवादको त जीवन र जगतसँगै वैज्ञानिक सम्बन्ध र दृष्टिकोण छ । जसलाई हामी द्वन्द्वात्मक ऐतिहासिक भौतिकवाद भन्छौँ । इतिहासबाट आउँछ द्वन्द्वात्मक भौतिकवाद ।’

उनले भगवान छन् छैनन् भन्ने कुरा भगवान मान्नेले बताउने भन्दै आफूले ऐतिहासिक तथ्यबारे मात्र विषय उठान गरिदिएको बताए । ‘भगवान हुन् कि होइनन् मान्नेले नै जानून् । मैले त हाम्रो ऐतिहासिक पृष्ठभूमिको कुरा उठाएको हुँ’, ओलीले भने, ‘गलत इतिहास बोकेर राम जन्मभूमि हाम्रोमा हो भन्नेलाई मैले ऐतिहासिक तथ्यबाट चुनौती गरेको हुँ ।’

You may also like

This will close in 0 seconds