एमालेले टुङ्गो लगायो राष्ट्रियसभा सदस्यका १९ उम्मेदवार, कुन प्रदेशबाट को ?

by समतल अनलाइन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रियसभा सदस्यका उम्मेदवारहरु टुङ्गो लगाएको छ । सचिवालयको बैठकले राष्ट्रियसभा सदस्यका लागि चुनाव हुने १९ सिटका उम्मेदवार टुङ्गो लगाएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । प्रदेश-१ मा खुलातर्फ देवराज घिमिरे (झापा), महिलातर्फ सुमित्रा भण्डारी (झापा) र अल्पसंख्यकतर्फ सोनाम ग्याल्जेन शेर्पा (सोलुखम्बु) उम्मेद्वार बन्ने छन् ।

प्रदेश-२ मा खुलातर्फ असर्फी भिनवार यादव (धनुषा) र महिलातर्फ बिना साह (रौतहट) उम्मेद्वार बन्नेछन् । बागमतीमा खुलातर्फ गोपाल शाक्य (ललितपुर) र महिलातर्फ निरकुमारी कुँवर (निरु) दर्लामी (सिन्धुली), गण्डकीबाट खुलातर्फ पुण्यप्रसाद पौडेल (कास्की), महिलातर्फ लीला पोखरेल थनेट (नवलपुर) र दलिततर्फ गोविन्दबहादुर नेपाली (बाग्लुङ) उम्मेद्वार बन्ने भएका छन् ।

लुम्बिनीमा खुलातर्फ रामदयाल गुप्ता (दाङ), महिलातर्फ भारती खनाल (बाँके) र दलिततर्फ कृष्णबहादुर सुनार (गुल्मी) लाई टिकट दिइएको छ । कणर्ालीमा खुलातर्फ चूडामणि शर्मा (सुर्खेत), महिलातर्फ गंगा थापा महत (जुम्ला) र अल्पसंख्यकतर्फ पदमबहादुर माझी (दैलेख) लाई उम्मेद्वार बनाउने एमालेले निणर्य गरेको छ ।

सुदूरपश्चिमबाट खुलातर्फ डिल्लीराज भट्ट (डोटी), महिलातर्फ सन्तोषकुमारी शर्मा (कैलाली) र दलिततर्फ नरेश बिक (बैतडी) लाई उम्मेद्वार बनाउने निणर्य एमालेले गरेको छ । १२ माघमा हुने निर्वाचनका लागि भोलि मंगलबार मनोनयन दर्ता हुँदैछ ।

 

 
 
  
 

You may also like