स्कलर्स होम कलेजमा स्वागत तथा शुभकामना कार्यक्रम सम्पन्न

by समतल अनलाइन
292Shares

बुटवल।स्कलर्स होम स्कुलमा कक्षा ११ का विद्यार्थीलाई स्वागत र कक्षा १२ का विद्यार्थीलाई शुभकामना दिने कार्यक्रम बुटवलको होटेल पाल्म इन्टरनेशनलमा सम्पन्न भएको छ।

कक्षा १२ मा अध्ययनरत वर्षा लोहगुनको अध्यक्षतामा र राष्ट्रिय परीक्षा बोर्ड लुम्बिनी प्रदेशका प्रमुख रमाकान्त तिवारीको प्रमुख आतिथ्य र परीक्षा बोर्डका शाखा अधिकृत बाबुराम भन्डारी, विद्यालयका अध्यक्ष मनहरी बस्याल, एन प्याब्सन रुपन्देहीका कार्य बाहक अध्यक्ष बिल प्रसाद गुरुङ, निवर्तमान अध्यक्ष देउ प्रकाश राई,कोभिड नियन्त्रणका जिल्ला संयोजक डा कृष्ण खराल लगायत विशिष्ट अतिथि र अतिथिको रुपमा रहनु भएको थियो ।

कक्षा १२ मा अध्ययनरत टिशा श्रेष्ठबाट स्वागत मन्तव्य र विद्यार्थीहरूको स्वागत नृत्यद्वारा उपस्थितिलाई स्वागत गरिएको थियो ।
विद्यालयका प्राचार्य बाबुराम बन्जाडेले कार्यक्रमको उदेश्य र विद्यार्थीको भविष्य उज्ज्वल बनाउने तरिकाका बारेमा प्रष्ट पार्नु भएको थियो ।
कार्यक्रममा यसै कलेजबाट प्लस टु उत्तीर्ण गरी नेपाल सरकारको प्रवेश परिक्षामा उत्कृष्ट नतिजा प्राप्त गर्ने MBBS मा सुजता कठरिया, B Sc Nursing मा सुस्मा ढकाल र MIT मा दुर्गा पान्डेलाई प्रमुख अतिथि र प्राचार्यले दोसल्ला ओडाई सम्मान पत्रले सम्मान गर्नु भएको थियो ।

परीक्षालाई अत्यन्तै व्यवस्थित गराउनु पर्ने र अब नयाँ शिक्षा ऐन पनि आउने कुरा भएको प्रमुख अतिथि तिवारीले जानकारी गराउनु भयो ।
कार्यक्रममा कक्षा ११ का विद्यार्थीलाई खादा र टीका लगाई स्वागत गरियो भने १२ का विद्यार्थीलाई १२ को परीक्षाको र उच्च शिक्षाको सफलताको शुभकामना प्रदान गरी सम्झनाको चिनोले सम्मान गरिएको थियो।

कार्यक्रममा विभिन्न सांस्कृतिक नृत्य, अकिंत ब्यान्ड, विभिन्न रोचक खेलहरु प्रस्तुत गरिएको थियो । करिब १८ ग्रुप को रोचक नृत्य , एकल गायन , ५ ओटा रोचक खेलसंगै करियर गाइडेन्स गरिएको कार्यक्रम सञ्चालन कृती, रोशन, बिकास र सचिनाले क्रमश गरेका थिए । कक्षा ११ मा अध्ययनरत छात्रा निर्जना चौधरीले धन्यवाद मन्तव्य दिएकी थिइन् भने कार्यक्रमको सहजिकरण प्लस् टु संयोजक चेतनारायण पन्थी र व्यवस्थापन इन्चार्ज रामु रोकाले गर्नु भएको थियो ।

प्राध्यापकहरु लोक प्रसाद भन्डारी, घनश्याम चौधरी, मनोज सिलवाल, अनिल भट्टराई, माधब घिमिरे, आनन्द पोखरेल, कृष्ण पान्डे,गोपाल ढकाल, नेत्र भट्टराई, लोक बहादुर पौडेल, लेखनाथ गैरे , बासु बेलबासे , विष्णुप्रसाद भुषाल लगायतको उपस्थिति रहेको थियो!

You may also like

This will close in 0 seconds