अमेरिकाको कोलोराडोमा भिषण डढेलो : तीन जनाको मृत्यु भएको आशंका, हजारौं विस्थापित

by समतल अनलाइन

काठमाडौं । अमेरिकी राज्य कोलोराडोमा डढेलोमा परि तीन जनाको ज्यान गएको आशङ्का गरिएको छ । डढेलोमा परेर हराइरहेका उनीहरुको ज्यान गएको आशङ्का गरिएको हो । डढेलोका कारण घर जलेर नष्ट भएका छन् भने हजारौं नागरिक विस्थापित भएका छन् ।

दुई दिन अघि शुरु भएको डढेलो कोलोराडो राज्यका धेरै सहरहरुमा फैलिएको छ । दर्जनौं दमकल र हेलिकप्टरको प्रयोग गर्दा समेत डढेलो नियन्त्रणमा लिन नसक्दा सहरमा फैलिएको हो । डढेलो प्रभावितलाई सुरक्षित ठाउँमा सारिएको छ । डढेलोका कारण हजारौं हेक्टर जङ्गल नष्ट भएको छ ।

 
 
  
 

You may also like