नेपाल बैंक शान्तिपुरद्वारा वित्तीय साक्षरता कार्यक्रम

by समतल अनलाइन

बुटवल।नेपाल बैंक लिमिटेड शान्तिपुर शाखाले चन्कोट क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा नेपाल बैंक लिमिटेड शान्तिपुर शाखाका शाखा प्रबन्धक तथा कर्मचारी, चन्कोट क्याम्पसका विद्यार्थी र प्राध्यापक गरी ६० जना सहभागी थिए । कार्यक्रममा बैंकमा हुने सक्ने जोखिमको बारेमा शाखा प्रबन्धक सुर्यराज गौतमले सहभागीहरुलाई जानकारी गराएका थिए ।
त्यस्तै नेपाल बैंक लिमिटेडका सहायक शाखा प्रबन्धक दिनेश नेपालले बचत गर्ने तरिका, बैंकिङ कारोबार गर्ने तरिकाको बारेमा तथा बैकद्वारा दिइने सुविधाको बारेमा जानकारी गराएका थिए ।

 
 
  
 

You may also like