कपिलवस्तुबाट विप्लव नेकपाका सेक्रेटरीसहित १६ बन्दकर्ता पक्राउ

by समतल अनलाइन

कपिलवस्तु । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै बन्द गराउन हिँडेका विप्लव नेतृत्वको नेकपाका १६ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला सेक्रेटरी कमल केसीसहित १६ जना विद्यार्थी नेता तथा कार्यकर्तालाई प्रहरीले विभिन्न ठाउँबाट पक्राउ गरेको हो ।

प्रहरी नायव उपरिक्षक डिएसपी धर्मराज भण्डारीका अनुसार कपिलवस्तुको वाणगंगाको ४ नम्बर बजार क्षेत्रबाट ९ जना, गोरुसिंगेबाट एक, विद्यार्थी जिल्ला इन्चार्ज विज्ञान क्षेत्री र चन्द्रौटाबाट ६ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यता जिल्ला प्रहरी कार्यलय तथा इलाका प्रहरी कार्यलयबाट प्रहरीहरु पूर्व पश्चिम राजमार्ग तथा बजारका चोकचोकमा बाक्लो मात्रामा परिचालित भएका छन् । प्रहरीले शान्ति सुरक्षाका लागि राजमार्गमा स्कटिङ गरी रोकिएका सवारी साधनहरुलाई गन्तव्यसम्म पु¥याएको छ ।

 

 
 
  
 

You may also like