139
काठमाडौ । नेपालले छिमेकी भारतमा अहिलेसम्म ६ करोड रुपैयाँ बढीको विद्युत् बेचिसकेको छ । विद्युत् बेच्ने अनुमति पाएको दुई साताभित्र भारतलाई ३ करोड ७७ लाख २ हजार भारु (नेपाली ६ करोड ३ लाख २३ हजार रुपैयाँ) को विद्युत् बेचिएको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ ।
प्राधिकरणका अनुसार यही कात्तिक २३ गते सबैभन्दा बढी प्रतियुनिट औसत ५ रुपैयाँ ३ पैसा मूल्य प्राप्त भएको छ । यस्तै सबैभन्दा कम कात्तिक १८ गते प्रतियुनिट औसत ३ रुपैयाँ १३ पैसामा विद्युत् बिक्री गरिएको छ ।
previous post