नेकपा रूपन्देहीद्धारा कार्तिक ३० गतेको नेपाल बन्द सफल पार्न अपिल

by समतल अनलाइन

बुटवल।विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रूपन्देहीले कार्तिक ३० गतेको नेपाल बन्दलाई सफल पार्न जिल्लाका उद्योगी, व्यापारी, यातायात व्यवसायी, शैक्षिक संस्था, बुद्धिजीवी, मानवअधिकारकर्मी, पत्रकार एवं जनसमुदायलाई अपील गरेको छ ।

नेकपाले देउवा नेतृत्वको गठबन्धन सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएर जनताको ढाड सेकेको भन्दै देशको यस्तो अवस्थालाई श्रमिक जनताको पक्षमा लड्दै आएको पार्टी हात बाँधेर बस्न नसक्ने बताउदै मूल्यवृद्धिको खारेजीका लागी शान्तिपूर्ण नेपाल बन्दको आब्हान गरिएको बताएको छ । नेकपाले जिल्ला कार्यालयको तर्फबाट नेपाल बन्दबारे अपील जारी गर्दै राज्यसंचालकले भ्रष्टचारी,कालोबजारिया र तस्करीहरुलाई कारवाही गर्नुको साटो संरक्षण र प्रोत्साहित गरेको भन्दै त्यसका विरुद्ध संघर्ष आवश्यक भएको बताएको छ ।नेकपाले नेपालमा भइरहेको भ्रष्टाचार, कालोबजारी, तस्करी र राष्ट्रघातका विरुद्ध निरन्तर सङ्घर्ष गर्दै आइरहेको बताउदै संसदीय व्यवस्थाका कारण देशको अर्थतन्त्र ध्वस्त भएको बताएको छ । नेकपाले महङ्गी आकासिएको, जनताको धनजनको सुरक्षा नभएको, मजदुर सुकुम्बासी जनताको ओत लाग्ने छानो नभएको र बैदेशिक ऋण थाम्नै नसकिने गरी थोपरिएको समेत बताएको छ ।

नेपाल बन्द विहान ५ बजेदेखि साँझ ६ बजेसम्म रहने नेकपाले बताएको छ । नेपाल बन्दको क्रममा अत्यावश्यक एम्बुलेन्स, दम्कल, दुधका गाडीहरु मात्र चल्न दिने नेकपा स्रोतले बताएको छ ।

 
 
  
 

You may also like