नेपाल सम्वत ११४२ को तयारी पुरा,साईकल रयालीको टिसर्ट लन्च सम्पन्न

by समतल अनलाइन

बुटवल। नेपाल सम्वत ११४२ को अवसरमा नेवाः समाज विकास परिषद, बुटवल रुपन्देहीले विविध कार्यक्रम गर्ने भएको छ । मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरि कार्तिक १९ गते मनाईने दिवसको सबै तयारी पुरा भएको आयोजक नेवा पुज, नेवा समाज विकास परिषदका अध्यक्ष काजीमान श्रेष्ठ बताए ।

नेपाल सम्वत सबै नेपालीको साझा सम्वत हो भन्ने सन्देश दिने गरि रुपन्देहीमा कार्यक्रम गरिदै आएको उनले बताए । सधै वर्षभन्दा यो वर्ष फरक ढंगबाट थप साईक्लिङमार्फत सचेतनामुलक शुभकामना रयाली गर्न लागेको उनले बताए ।किसानलाई ऋण मिनाहा गराएर जनतालाई स्वतन्त्र बनाएका शंखध्वर साख्वाको स्मृतिमानेपाल सम्वत मनाईदै आएको छ ।संयुक्त राष्ट्र संघमा नेपालको भाषा र सम्वतका रुपमा रन्जना लिपि र नेपाल सम्वत मान्यता पाएको हुदा पनि यो सबैको साझा सम्वत भएको उनले बताए । १० वटा संस्थाहरुसहित कार्यक्रम आयोजना गरेर थप जोडेर प्रचारात्मक रयाली गरेर अगाडि बढेको उनले बताए।
नेवा सेवा समितिका अध्यक्ष चिरिन्जवी श्रेष्ठले प्रत्येक वर्ष सामुहिक रुपमा शुभकामना कार्यक्रम र झाकीसहित दिवस मनाउने प्रचलन रहेको बताए । यो वर्ष जिल्लाका साईक्लिङ क्लबहरुको सहकार्यमा सचेतना तथा शुभकामना साइकल रयाली गर्ने तयारी पुरा भएको उनले बताए ।
नेवा समाज अर्घाखाचीका अध्यक्ष बाबुराम श्रेष्ठ, भिं द्य नेवा पुचका सोनीश्रेष्ठले नया वर्षमा गरिने कार्यक्रमबाट सबैमा दिपनगर नेवा पुचका अध्यक्ष काजीमान श्रेष्ठ,
साईक्लिङमार्फत सचेतना जगाउने उद्येश्यका साथ कार्यक्रम गर्न लागेको उनले बताए । साईकल रयाली नेवा पुचको कार्यालय परिसरबाट बिहान शुरु भएर सिन्दुर होटल, तिनाउ पुल, जितगढी किल्ला, मजुवा, देविनगर चौपारी, होराईजन चोक, योगीकुटी, शंकरनगर, मणिग्रामबाट पुनः फर्केर बुटवल नगर परिक्रममा गरि पुल्चोक दुर्गा मन्दिरमा पुगेर समापन गरिने उनले बताए ।

कार्यक्रममा पत्रकार शरण कर्माचार्यले नेपाल सम्वत समग्र नेपालीहरुको समेवत भएको उनले बताए। क्रितिपुरमा बस्ने व्यापारी ऋण मोचन गरिदिएर दास हटाउन मद्दत गरेका शंखध्वर शाख्वाको स्मृतिमा मल्ल राजाहरुले नेपाल सम्वत शुरु गरेका थिए ।
रयालीमा विभिन्न क्लबका १ सय बढी राईडरहरु सहभागी हुने उनले बताए । हरेक साईकलमा सचेतनामुलक सन्देश दिने गरि प्लेकार्ड राखिने उनले बताए ।

कार्यक्रममा रुपन्देही जिल्ला साईक्लिङ संघका उपाध्यक्ष अभिषेक भारी, बुटवल युनाईटेड साईक्लिङ क्लबका अध्यक्ष उत्तम श्रेष्ठ, तिनाउ साईक्लिङ क्लबका अध्यक्ष अर्जुन गुरुङ, ह्याप्पी साईक्लिङ क्लबका अध्यक्ष सुमन श्रेष्ठ, साईकल सिटी बुटवलका अध्यक्ष बिनोद जंग कार्की, बुटवल साईकल क्लबका अध्यक्ष शिव चौधरीले एकता र भातृत्व विकास गर्ने लक्ष्यसहित साइकल अभियान मार्फत विभिन्न समयमा रयालीहरु गर्दै आएको बताए ।

साईकल रयालीमा ज्ञानी पोली ट्याक र बाग्मती मोटरसाईकल सेन्टरले टिसर्ट सौजन्य गरेको छन ।

 
 
  
 

You may also like