बुटवल बहुमुखिका जिडि शिखरलाई पब्लिक स्पिकर बुटवलकाे उपाधि

by समतल अनलाइन

बुटवल। बुटवल बहुमुखि क्याम्पस स्नातक प्रथम वर्षमा अध्ययनरत जिडि शिखर पब्लिक स्पिकर बुटवल भएका छन् । बुटवल जेसीजले सञ्चालन गरेकाे पब्लिक स्पिकर बुटवलमा ३५ जना प्रतिस्पर्धिलाई उछिन्दै जिडि शिखर पब्लिक स्पिकर भएकाे महासचिव विनाेद घिमिरेले बताउनु भयाे ।
बुटवल जेसीजले सञ्चालन गरेकाे जेसीज सप्ताहकाे मंगलबार आयाेजित समापन समाराेहमा बुटवल जेसीजका अध्यक्ष गाेपालप्रसाद चापागाईले बुटवल पब्लिक स्पिकर घाेषणा गर्नुभएकाे हाे ।

त्यस्तैगरि बुटवल पब्लिक स्पिकर बुटवलमा कालिका बिद्यालयकी रचना पाण्डे रनर अफ भएकी छन् । उनीहरुलाई नेपाल जेसीजका अध्यक्ष अरुणेश्वर खनालले शिल्ड मेडल र प्रमाणपत्र प्रदान गर्नुभयाे ।
कार्यक्रममा बाेल्दै नेपाल जेसीजका अध्यक्ष खनालले मुलुकमा अवसरका सम्भावना नहुँदा युवा विदेश पलायन हुनु परेकाे बताउनु भयाे । उहाले जेसीजमा रहेका युवालाई राष्ट्रिय राजनीतिकाे मुलधारमा ल्याउन सके विद्यमान अवस्थाकाे अन्त्य गर्न सकिने धारणा राख्नुभयाे ।
उहाँले जेसीज अभियानमन बुटवल जेसीजले अभिभावकीय भुमिका निर्वाह गरेकाे र बुटवलले गरेका कार्यक्रमबाट अरु शाखाले पनि सिक्नुपर्ने भनाई राख्नु भयाे । जेसीज सिकाईकाे विश्वबिद्यालय भएकाे बताउंदै उहाले जेसीज सदस्य मात्रै नभएर जेसीजका सदस्य नभएका युवालाई पनि सिकाईमा जाेडिएकाे उल्लेख गर्नुभयाे ।

त्यसैगरी जेसिआई एकेडेमी बुटवलमा सहभागी ३३ मध्ये २४ जना ग्रयाजुयट भएकाे पाईलट फ्याकल्टी रमेश अर्यालले जानकारी गराउनु भयाे । एकसाता सम्म सञ्चालन गरिएकाे जेसीज सप्ताहमा जेसीआई बुटवल एकेडेमी, पव्लिक स्पिकर बुटवल सहित लिडरशिप डेभलपमेन्ट तालिम, जीतगढी किल्ला अध्ययन अवलाेकन तथा प्रवर्द्धन, मास्क तथा सेनीटाईजर वितरण लगायतका कार्यक्रम गरिएकाे थियाे ।
जेसीज सप्ताह समापन समाराेहमा नेपाल जेसीजका कानुनी सल्लाहकार गाेकुल सापकाेटा, नेपाल जेसीजकी उपाध्यक्ष कल्पना कुसुम, बुटवल जेसीजका पूर्व अध्यक्ष तथा नेपाल जेसीजका पूर्व अध्यक्ष अनुपमान सैंजु, पूर्व अध्यक्ष लालहरी पाण्डे, सिद्धार्थ जेसिजका अध्यक्ष गाेपाल ज्ञवाली लगायतले शुभकामना व्यक्त गर्नु भएकाे थियाे ।
कार्यकारिणी उपाध्यक्ष तथा कार्यक्रम संयाेजक अर्जुन गाैतमकाे स्वागत तथा महासचिव बिनाेद घिमिरेकाे सञ्चालनमा कार्यक्रम भएकाे थियाे ।

 
 
  
 

You may also like