मलामी गएका युवक कालीगण्डकी नदीमा डुबेर वेपत्ता

by समतल अनलाइन

गुल्मी। कालीगण्डकी नदीमा डुबेर गुल्मीका एक युवा वेपत्ता भएका छन् । चन्द्रकोट गाउँपालिका–८ रुपाकोटका १९ वर्षीय शंकर पौडेल नदीमा वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए ।

प्रहरीका अनुसार पौडेल चन्द्रकोट गाउँपालिका–७ का ७६ वर्षीय थानेश्वर न्यौपानेको मृत्यु भई दाहासंस्कारका लागि सत्यवतीको रुद्रावेनीघाटमा मलामी आएका थिए । उक्त स्थानको कालीगण्डकी नदीमा नुहाउने क्रममा पौडेल वेपत्ता भएको प्रहरीको भनाइ छ । वेपत्ता भएका पौडेलको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।

 

 
 
  
 

You may also like