वार्ड अध्यक्ष राजेन्द्र यादवको एकल सहयोगमा ५५ जना गर्भवति महिलालाई अण्डा उपहार

by समतल अनलाइन

सुरेश परियार , सैनामैना । मायादेवी गाउपालिका वडा न.६ का अध्यक्ष राजेन्द्र यादवको एकल सहयोगमा पौस्टिक आहार अण्डा प्रदान गरिएको छ ।आज गर्भवती महिलाहरुको गर्भवती सम्मेलनको अबसर पारेर मायादेवी गाउँ वडा.६का ५५ जना गर्भवती महिलाहरूलाई एक एक क्यारेक अण्डा दिईएको वडा अध्यक्ष राजेन्द्र यादवले बताएका छ्न ।
यो अबस्थामा गर्भवती महिलाहरुको शारीरिक अबस्था कमजोरी हुने बताउदै पौस्टिक आहार अण्डाका कारण बलियो भैइने अध्यक्ष यादबले बताए ।
बिगतका दिन देखी नि महिलाहरुको ससक्तिकरणका लागि धेरै कार्यक्रम गर्दै आएको राजेन्द्र यादबले बताए ।
पौस्टिक आहार अण्डा पाए सङै महिलाहरुले खुसी व्यक्त गरेका छ्न ।
कार्यक्रम मायादेवी वार्ड न.६का वडा अध्यक्ष राजेन्द्र यादबको अध्यक्षता,आधारभुत स्वास्थ्य प्रमुख रुद्र रोकाको आतिथ्यता,स्वास्थ्य शाखा तथा नर्सिङ शर्मीला शर्माको सहजीकरणमा सम्पन्न भएको हो ।कार्तिक ९ गते देखि १२ गते सम्म वडा न.४,६,७ र ८का गर्भवती महिलाहरु बिच सम्मेलन हुदैछ ।

 
 
  
 

You may also like