भारतले नेपालको सार्वभौमिकताको सम्मान गर्नुपर्छ : प्रचण्ड

by समतल अनलाइन

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको सार्वभौमिकताको भारतले सम्मान गर्नुपर्ने बताएका छन् ।

सोमबार नेपालका लागि पूर्व भारतीय राजदूत रञ्जित रेले लेखेको पुस्तक ‘काठमाण्डू डिलेमा : रिसेटिङ इण्डिया–नेपाल टाइज’ को सन्दर्भमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले नेपाल हालसम्म स्वतन्त्र राष्ट्रको रूपमा रहेको उल्लेख गर्दै नेपालको स्वतन्त्रता र सार्वभौमिकताको भारत सरकारले सम्मान गर्नुपर्ने बताएका हुन् ।

उनले नेपालको राष्ट्रिय स्वार्थमा भारतले बाधा नपुर्‍याएमा भारतसँग मित्रता हुने पनि बताए । नेपाल र भारतले एक अर्काको राष्ट्रिय स्वार्थमा बाधा नपुर्‍याई सहयोग गर्ने प्रक्रियाको शुरुवात गरेमा दुई देशबीचको सम्बन्ध सुदृढ हुने उनको भनाइ छ ।

प्रचण्डले माओवादी जनयुद्ध भारतको सहयोगमा भएको भन्ने प्रचारबाजी झुठो भएको पनि दाबी गरे । माओवादी जनयुद्धलाई भारतको कुनै पनि प्रकारको सहयोग नरहेको भनाइ छ ।

 

 
 
  
 

You may also like