‘फूल कोर्ट’ बहिष्कार गर्ने सर्वोच्चका न्यायाधीशको निर्णय

by समतल अनलाइन

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बोलाएको ‘फुल कोर्ट’ मा सर्वोच्च अदालतका बाँकी न्यायाधीश सहभागी नहुने भएका छन् ।

न्यायाधीशहरुको बैठकले यस्तो निर्णय गरेको स्रोतले जानकारी दियो । सर्वोच्च अदालतका १४ न्यायाधीशको बैठकले यस्तो निष्कर्ष निकालेको हो । आज (आइतबारं मात्रै नेपाल बार एशोसिएसनका कार्यसमिति सदस्यहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग भेट गरी तत्काल फुल कोर्टको बैठक राख्न आग्रह गरेका थिए ।

प्रधानन्यायाधीशकै कारण न्यायालय विवादमा परेको र यसले न्यायालयको गरिमामा आँच आएको कारण न्यायालय सुधारको काम तत्कालै शुरु गर्नुपर्ने माग बारको थियो । त्यसलगत्तै प्रधानन्यायाधीश जबराले सोमबार अपरान्ह १ः३० बजेका लागि सर्वोच्चको पूर्ण बैठक (फुल कोर्ट) बोलाउने प्रतिवद्धता जनाएका थिए ।

तर आइतबार नै सर्वोच्चका अधिकांश न्यायाधीशले अनौपचारिक छलफल गरी प्रधानन्यायाधीशले बोलाएको पूर्ण बैठकमा सहभागी नहुने निर्णय गरे । प्रधानन्यायाधीशकै कारण अदालतको गरिमामा गम्भीर आघात पुगेको भन्दै अहिले उठेकै विवादका विषयमा छलफल गर्न न्यायाधीशहरूले पूर्ण बैठकको माग गरेका थिए । तर नेपाल बार एसोसिएसनको सहयोग लिएर विषयान्तर गर्न फुल कोर्टको बैठक डाकिएकाले सो बैठकमा सहभागी नहुने निर्णय भएको स्रोतले बतायो ।

 
 
  
 

You may also like