अमेरिकाले दियो थप एक लाख डोज कोरोना खोप, सोमबार आउने

by समतल अनलाइन
Shares

काठमाडौं । अमेरिकाले नेपाललाई थप एक लाख डोज कोरोनाविरुद्धको फाइजर खोप अनुदानमा दिएको छ । काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार एक लाख ६ हजार २० डोज अनुदानको खोप सोमबार नेपाल आइपुग्नेछ ।

यसअघि गत जुलाईमा अमेरिकाले १० लाख ५३ हजार डोज कोरोनाविरुद्धको खोप नेपाललाई अनुदानस्वरुप दिइसकेको छ ।

You may also like