गल्कोटमा मणि उजेशद्वारा मोतिया विन्दुको निःशुल्क शल्यक्रिया

by समतल अनलाइन

बुटवल । आखाँमा मोतिया विन्दुको समस्या भएका बाग्लुङ्ग गल्कोटका स्थानीयका लागि निःशुल्क आखाँ उपचार शिविर राखिएको छ ।

स्थानीय स्तरमा देखिएको आखाँमा मोतिया विन्दुको समस्या न्युनिकरण गर्नका लागि स्थानीय विभिन्न संघसंस्थासँगको सहकार्यमा लायन्स क्लव अफ बुटवल मणि उजेशले निःशुल्क मोतिया विन्दुको उपचार तथा शल्यक्रिया सेवा राखेको हो ।

स्थानीय ढाई सयबढीको आखाँ उपचार परीक्षण गरिएकोमा ३८ जनाको निःशुल्क शल्यक्रिया गरिएको लायन्स क्लव अफ बुटवल मणि उजेशका अध्यक्ष ईन्जिनियर प्रविना घिमिरेले जानकारी दिनुभयो । कृष्ण भैरव आखाँ उपचार केन्द्र गल्कोट र श्रीकृष्ण नेत्रालय भैरहवासँग प्राविधिक सहयोगमा आखाँको मोतिया विन्दु शल्यक्रिया शिविर गरिएको हाहे । उक्त शिविरका लागि हाल हङकङमा रहनु भएका ईन्जिनियर सुरेन्द्रप्रसाद ढकालले केही खर्च ब्यवस्थापन गरिदिनु भएको अध्यक्ष घिमिरेले जानकारी दिनुभयो ।

क्लवका भिजन नेत्ररोग विशेषज्ञ डाईरेक्टर डाक्टर सल्मा केसी राईको चिकित्सकिय टोलीले गल्कोटमै पुगेर स्थानीय स्तरमा निःशुल्क शिविर राखेर मोतिया विन्दुको शल्यक्रिया र आखाँमा देखिने समस्याका बारेमा सचेत पारेको हो । आखाँमा लाग्ने मोतियाविन्दु लगायतका समस्या समाधानका लागि विभिन्न चरणमा शिविरहरु संचालन गर्दै आएको मणि उजेशले पाच हजारबढीको आखाँमा देखिने विभिन्न समस्याका बारेमा सचेतना कार्यक्रम र शिविर गरेको क्लवले जनाएको छ । बिगत चार वर्षदेखि आखाँका देखिने समस्याका रेटिनो ब्लास्टोमा, अकुलर ट्रामाको उपचार सचेतना तथा दृष्टि बिहीनलाई सहयोग कार्यक्रम निरन्तर गर्दै आएको सचिव सृजना श्रेष्ठले जानकारी दिनुभयो ।

 
 
  
 

You may also like