५१३ मा कोरोना संक्रमण, ८१७ निको, आठको मृत्यु

by समतल अनलाइन

काठमाडौं।नेपालमा पछिल्लो २४ घण्टामा ५१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ६,९३१ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ५१३ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार ४,९७२ जनाको पिअिसार परीक्षण गर्दा ४३८ र १,९५९ जनाको एन्टीजेन परीक्षण गर्दा ७५ जनामा संक्रमण पुष्टि भएको हो ।

आज देशभर ८१७ संक्रमित निको भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा ८ जना संक्रमितको मृत्यु भएको छ । देशभर १० हजार ५५९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशभर २२२ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा देशभर ६३ हजार ७४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

 
 
  
 

You may also like