एक हजार ९६ मा कोरोना संक्रमण, १२ को मृत्यु

by समतल अनलाइन

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा एक हजार ९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,९१६ पीसीआर परीक्षण गर्दा ९५७ जना र १,७७६ जनाको एन्टिजेन परीक्षण गर्दा १३९ गरी संख्यामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

सोही क्रममा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ । यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ३०५ पुगेको छ । यस्तै एक हजार चार जनाले कोरोना भाइरसलाई जितेका छन् ।

 
 
  
 

You may also like