पहिरोले घर पुर्दा दिदी–भाइको मृत्यु

by समतल अनलाइन

सुनसरी । सुनसरीको धरानमा पहिरोले घर पुर्दा दुई बालबालिकाको ज्यान गएको छ । मंगलबार दिउँसो २ बजेतिर गएको पहिरोले धरान उपमहानगरपालिका–१३ नागेश्वर मार्गका निशान राईको घर पुरेको हो । उनका ८ वर्षीया छोरी निसु र ४ वर्षीय छोरा निहानको मृत्यु भएको हो ।

एक तले टिनको छाना भएको घर पुरिँदा घरभित्र रहेका दुई जना बच्चा समेत पुरिएका थिए । घटनाको जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय धरानबाट उद्धारको लागि प्रहरी टोली खटिएको थियो । दिउँसो साढे ३ बजे दुई जना बच्चालाई मृत अबस्थामा फेला पारेको हो ।

 
 
  
 

You may also like