94
बुटवल ।नेपाली कांग्रेस बुटवल उपमहानगरपालिकाको सभापतिका लागि रिता केसी नेतृत्वको टीमले उम्मेद्वारी घोषणा गरेको छ । बुटवलमा एक कार्यक्रमका बीच घोषणा गरिएको हो ।
केसी सहि उपसभापतिमा नरबहादुर रजाली र हरिलाल सुनार, सचिवमा जयप्रकाश भट्टराई र सन्तोष पौडेल, सहसचिवमा सुदन बास्कोटा र गणेश घिमिरे छन् ।
उम्मेद्वारी घोषणा सभामा सभापतिका उम्मेदवार केसीले अग्रजलाई सम्मान र भातृ संगठनहरुलाई प्रोत्साहन गर्ने विश्वास व्यक्त गरिन् । कांग्रेस महासमिति सदस्य युवराज गिरीले उम्मेदवारहरूको नाम घोषणा गरे ।