78
काठमाडौं। सरकारले प्रमुख विपक्षी एमालेलाई पेलेरै आर्थिक विधेयक २०७८ पारित गरेको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकले सो विधेयक बहुमतले पारित गरेको हो । सो विधेयकमाथि सांसद प्रेम सुवालले छलफलमा भाग लिएका थिए । उनले संशोधन प्रस्ताव फिर्ता लिएनन् ।
सभामुख अग्निप्रसाद सापकोटाले आर्थिक विधेयक, २०७८ माथि छलफलको प्रस्ताव गरेका थिए । लगत्तै अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक, २०७८ माथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरे । त्यसपछि अर्थमन्त्री शर्माले आर्थिक विधेयक २०७८ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।
यसैगरी राष्ट्र ऋण उठाउने विधेयक, २०७८ पनि पारित भएको छ । यसअघि राष्ट्रियसभाले विनियोजन विधेयक २०७८ बहुमतले पारित गरेको छ । तर एमालेका सांसदहरुले सभामुख सापकोटाको राजीनामा माग गर्दै संसद अवरुद्ध जारी राखेका छन् ।