104
काठमाडौ । नेकपा एमालेका नेता भीम रावलले राज्यले दिने तक्मामा पनि राजनीतिक भागबन्डा गर्न थालिएको भन्दै सरकारको आलोचना गरेका छन् ।
मन्त्री, राजदूत, संवैधानिक निकाय, विश्वविद्यालयलगायतमा राजनीतिक नियुक्ति गर्दा दलीय भागबण्डा गर्ने गरिएको देशमा अब राज्यले दिने तक्मामा समेत भागबण्डा हुन थालेको नेता रावलको टिप्पणी छ । ‘यो देश र जनताको फजिती र अधोगतिको मार्ग हो,’ सोमबार राति रावलले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘निर्णयकर्ता हो, देश र जनताप्रति थोरै भए पनि जिम्मेवार होऊ र लोकलाज तथा नैतिकताको ख्याल गर !’