नेपाली महिला टिम र बंगलादेश भिड्दै

by समतल अनलाइन

काठमाडौं । नेपालको राष्ट्रिय महिला फुटबल टिमले आज (बिहीबार) बंगलादेशसँग मैत्रिपूर्ण खेल खेल्ने भएको छ । काठमाडौंको दशरथ रंगशालामा आज साँझ ५ बजे खेल सुरु हुनेछ ।

नेपालसँग दुई वटा मैत्रिपूर्ण खेलका लागि बंगलादेशको महिला फुटबल टोली गत सोमवार नेपाल आएको हो । बंगलादेश विरुद्धको खेल नेपालको महिला राष्ट्रिय टोलीका लागि दशरथ रंगशालामा पहिलो खेल हुनेछ ।

सिनियर राष्ट्रिय टोलीले अहिलेसम्म दशरथ रंगशालामा खेलेका छैन । टोलीकी मुख्य फरवार्ड सावित्रा भण्डारी चोटका कारण उपचाररत छिन् । यस्तोमा टोलीको सुरुवाती एघारमा पर्न निकै प्रतिस्पर्धा छ ।

विदेशी प्रशिक्षक ग्यारी फिलिप्सले तयार पारेको टोलीका सात खेलाडी राष्ट्रिय टिममा डेब्यु गर्ने तयारीमा रहेका छन् । उज्वेकिस्तानमा हुने एएफसी महिला एसिया कप फुटबल छनोटको तयारी स्वरुप नेपालले बंगलादेशसँग अभ्यास खेल खेल्न लागेको हो ।

 
 
  
 

You may also like