130
गुल्मी । अविरल वर्षासँगै आएको पहिरोले गुल्मीको रिडी-रुद्रावेनी सडक अवरुद्ध भएको छ ।
सडक खण्डको रुरुक्षेत्र गाउँपालिका वडानम्बर-२ साघुरेमा सडक माथिबाट ढुङ्गा र माटो खसेकाले अवरुद्ध बनेको अस्थायी ट्राफिक प्रहरी पोष्ट रिडीका हवल्दार जगत खनालले बताए ।पानी निरन्तर रुपमा परिरहेको पहिरो खस्ने क्रमम रहिरहेकाले सडक खुलाउन समस्या भएको खनालको भनाइ छ ।