पहिरोले नारायणघाट–मुग्लिन सडक अवरुद्ध

by समतल अनलाइन

काठमाडौँ।सेती दोभानमा पहिरो खस्दा नारायणघाट–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।

लगातारको पानीले गएराति पहिरो खस्दा राति ८ बजेदेखि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

अहिले पनि पहिरो खस्न नरोकिएकाले पन्छाउन समस्या भइरहेको प्रहरीले जनाएको छ । निक्कै ठूलो पहिरो गएकाले पन्छाउन समय लाग्ने छ ।

सडक दुवैतर्फबाट अवरुद्ध भएपछि यात्रु बीचबाटोमै रोकिएका छन्। अहिले यो सडक खण्डमा गाडीको लामो लाइन छ ।

 
 
  
 

You may also like