कोरोनाका कारण रोकिएका ११ हजार कामदार कोरिया जान पाउने

by समतल अनलाइन

काठमाडौं । कोरोना महामारी शुरु भएपछि कोरिया जान नपाएका ११ हजार कामदार कोरिया जान पाउने भएका छन् । नेपाल सरकार र कोरिया सरकारबीच भएको सहमति अनुसार अब कामदारहरु कोरिया जान पाउने भएका हुन् ।

सीधा उडानबीच कामदार पठाउने, कोरियामा पुगेर १४ दिन क्यारेन्टिन बस्नुपर्ने र क्वारेन्टिन तथा बिमाशुल्कसमेत कामदार स्यंवले व्यहोर्ने विषयमा सहमति भएको छ । ती तीन वटै शर्त कोरिया सरकारले राखेका कारण लामो समयदेखि कामदार जान पाएका थिएनन्, यी शर्त पूरा गर्ने सहमति भएका कारण अब कामदार जान पाउने वैदेशिक रोजगार विभागले जनाएको छ ।

तर, नयाँ व्यवस्थाअनुसार कामदार पठाउँदा श्रमिकले साढे २ लाख थप खर्च गर्नुपर्नेछ । यसअघि ट्रान्जिट हुँदै कोरिया जान पाउने थियो । त्यसका लागि हवाई भाडा नेपाली ३६ हजार लाग्थ्यो । तर, कोरिया सिधा उडानमार्फत जाँदा कम्तीमा करिब ८४ हजार नेपाली रुपैयाँ लाग्ने अनुमान छ ।

 

 
 
  
 

You may also like