पार्टीमा फेरि हस्तक्षेपको खाँचो छ : घनश्याम भुसाल

by समतल अनलाइन

काठमाडौं। नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले पार्टीमा चलिरहेको अहिलेको लडाईलाई विचारहीन र सिद्धान्तहीनको संज्ञा दिएका छन् ।

केही समयअघि आफनो समेत साथ पाएका माधवकुमार नेपालले बिहीबार एमाले समाजवादी पार्टी दर्ता गरेपछि भुसालले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो बताएका हुन् । भुसालले अझै बेइमानी गर्दै जाने हो भने पार्टीमा अझै सत्यानाशतिर जाने पनि बताएका छन् ।

‘हाम्रो पार्टीको मुख्य समस्या विचारहीनता-सिद्धान्तहीनताबाट शुरू भएको हो । कम्तीमा संगठनात्मक विधि स्थापित गर्दा ती समस्या समाधान गर्ने ढोका खुल्थ्यो,’ उनले भनेका छन्, ‘त्यसमा पनि इमान्दार नहुँदा हामी तीव्ररूपमा विसर्जनतर्फ जाँदैछौं । जति धेरै बेइमानी त्यति धेरै सत्यानाश ! फेरि पनि हस्तक्षेपको खाँचो छ ।’

 
 
  
 

You may also like