कुलमान घिसिङको नियुक्तिविरुद्ध मुद्दाको आज सुनुवाइ हुँदै

by समतल अनलाइन

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदमा कुलमान घिसिङको पुनर्नियुक्तिविरुद्ध सर्वाेच्च अदालतमा दिइएको मुद्दाको सुनवाइका लागि आज (बुधबार) पेसी तोकिएको छ ।

आफूलाई हटाई घिसिङलाई नियुक्त गरिएको भन्दै हितेन्द्रदेव शाक्यले दायर गरेको रिट निवेदनको पेसी आजका लागि तोकिएको हो । आफू ४ वर्षका लागि नियुक्त भएकोमा सररकारले गैरकाननुनी रूपमा बीचमै हटाएको दाबी उनको छ ।

यसर्थ घिसिङको नियुक्ति खारेजी गरी पुनः आफूलाई नै प्राधिकरणको कार्यकारी निर्देशक कायम गर्न शाक्यले रिट निवेदनमार्फत माग गरेका छन् । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले केही दिनअघि मात्रै कुलमान घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी दिएको हो ।

त्यही मन्त्रिपरिषद्को बैठकले शाक्यलाई सचिवसरहको सेवा–सुविधा दिई ऊर्जा आयोगको सदस्य पदमा नियुक्ति दिइसकेको छ । तर यसप्रति असन्तुष्टि जनाउँदै उनले सर्वोच्च अदालतमा मुद्दा हालेका हुन् ।

 
 
  
 

You may also like