बुटवलमा रहेको साझा अस्पतालले थप गर्‍यो आइसियु सुविधा

by समतल अनलाइन
Shares

बुटवल । बुटवलको साझा अस्पतालले सेवा विस्तार गर्दै आइसियू सुविधा थप गरेको छ । अस्पताल स्थापनाको २ वर्षमै सेवा विस्तार गर्दै ४ बेडको आइसियू सुविधा र ५ बेडको एनआइसियू सुविधासहितको सेवा विस्तार गरेको हो । योसंगै अस्पतालमा आईसीयु संख्या ९ पुगेको अस्पतालका अध्यक्ष गोबिन्द खनालले जानकारी दिनुभयो ।
विहिबार अस्पतालमा आइसियू सेवाको उद्घाटन गर्दै अध्यक्ष खनालले भदौको पहिलो हप्ता भित्रै अस्पतालमा सुविधा सम्पन्न १० बेडको निशुल्क किड्नी डाइलासिस सेवा समेत सञ्चालन गर्ने जानकारी दिनुभयो । ६ करोड बढी लगानी रहेको अस्पतालले सरकारले निर्धारण गरेका मापदण्ड अनुसार बुटवल क्षेत्रमै सय बेडको सुविधा सम्पन्न अस्पताल निर्माणको प्रक्रियालाई समेत अगाडि बढाएको छ ।
बुटवल ८ मा अवस्थित यस अस्पतालमा न्यूरो सर्जरी, ट्रमा सेवा, अर्थो, ल्याप्रोसकोपी सर्जरी, न्यूरो सर्जन, बाल सर्जन, जेनरल सर्जन, पेडियाट्रिक, प्रसुती सेवा तथा टेस्ट ट्युव वेवी लगायतका सेवाहरु प्रदान गर्दै आइरहेको अस्पतालका मेडिकल सुपरिटेण्ट डा.लक्ष्मण शर्माले बताउनु भयो ।
३ वर्ष भित्र भौतिक संरचना तयार पारी सेवा सञ्चालन गर्ने लक्ष्य अस्पताल प्रशासनले लिएको छ । यस क्षेत्रबाट स्तरीय सेवाका लागि जटिल उपचारका लिन बाहिर जान नपर्नेगरी कम्तिमा ४० करोड लागतमा १ सय वेडको सुविधा सम्पन्न अस्पताल वनाउने तयारी गरिएको अध्यक्ष खनाले बताउनु भयो । तीन वर्षभित्र अस्पताल संचालनको मापदण्ड भौतिक पूर्वाधार तयार नगर्ने अस्पताललाई संचालनमा प्रतिवन्ध लगाउने सरकारको नीति अनुसार सय बेडको अस्पताल बनाउन लागिएकको उहाँले बताउनु भयो।

You may also like

This will close in 0 seconds